कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ९१ पुग्यो

काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको मृत्यु भएको छ। शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा कोरोनाभाइरसबाट २६४ नेपालीको मृत्यु भयो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा सङ्क्रमण देखिएको छ। गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई लगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ।

अष्ट्रेलियामा मात्र यो साता १४६ नेपालीमा नयाँ सङ्क्रमण देखिएको छ। थपिएको समितिले जनाएको छ। विश्वका ३८ देशमा रहेका नेपाली कोरोनाभाइरसबाट सङ्क्रमित छन्। तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले मृत्यु भएको छ।

कोरोनाभाइरसका कारण नेपालबाहेक बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिकालगायत देशमा रहेका नेपालीको मृत्यु भएको हो।

हालसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९२५ जनामा सङ्क्रमण देखिएको छ। ती मध्ये ४७ हजार ४३७ कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस