फाइल फोटो

देशैभर वर्षा: बढ्यो बाढी-पहिरोको जोखिम, कहाँ-कहाँ छ खतरा ?

काठमाडौं । अहिले हाल देशका अधिकांश भू भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा पनि भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहकोले वर्षा भएको हो ।

दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको मौसम

साउन २५ गते (आईतबार)
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २६ गते (सोमबार)
दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशका अधिकांश भू-भागमा सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साउन २७ गते (मंगलबार)
दिउँसो : देशभर आशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

यी क्षेत्रमा बाढीको जोखिम
हाल कैलाली, कञ्चनपुर, बर्दियाका धेरै स्थानमा रातिदेखि नै अतिभारी वर्षा भइरहेको छ । त्यस्तै टिकापुर आसपास डुबानको उच्च जोखिम रहेको नेपाल बाढी सूचनाले जनाएको छ ।

कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर नदीको तटीय क्षेत्रमा सतर्क रहन राति २ बजे नै एमएस पठाएको थियो । काठमाडौं उपत्यकामा पनि निरन्तर वर्षा भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस