भारतमा कोरोनाबाट एकैदिन ९३३ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९३३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ४२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४२ हजार ५१८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६१ हजार ५३७ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब २० लाख नाघेको छ। भारतमा कुल संक्रमित २० लाख ८८ हजार ६१२ पुगेको छ ।यसका साथै भारत धेरै संक्रमित हुने देशको सु चीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १४ लाख २७ हजार ६ जना ठिक भएका छन् भने ६ लाख १९ जार ८८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २ करोड ३३ लाख ८७ हजार १७१ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५ लाख ९८ हजार ७७८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यसपटक सकिएन, थोरै धैर्य गरिदिनुस् : रवि लामिछाने

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा …

प्रतिकृया दिनुहॊस