स्याङजा : एसपीसहित २५ प्रहरी कोरोनामुक्त

स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपीसहित २५ जना प्रहरी कोरोनामुक्त भएका छन् । उनीहरुको दोस्रो पटक गरिएको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हाे ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार कोरोना संक्रमण भएर उपचाररत ४१ जनाको दोस्रो पटक नमुना परीक्षण गरिएकोमा २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हाे ।

डिएसपी अधिकारीका अनुसार शुक्रबार २२ जना र बिहीबार एसपी सहित तीन जनाको दोस्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । साउनको पहिलो साता तीन जना प्रहरी पहिलो पटक कोरोना संक्रमित भएका थिए । साउन १२ गते प्रहरी प्रमुख सहित १८ जना, १९ गते १६ जना र त्यसपछि चार जना प्रहरीमा कोरोना संक्रमण भएको थियो ।

प्रहरी प्रमुख एसपी आफ्नै निवासमा आईसोलेसनमा थिए । अन्य प्रहरी भने जिल्ला अस्पताल स्याङ्जा, कालिका सामुदायिक अस्पताल हेलु, गल्याङ नगर अस्पताल गल्याङमा रहेको आइसोलेसनमा उपचाररत थिए ।

कोरोना निको भएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ल्याइएको सूचना अधिकारीले जानकारी दिए । उनीहरुलाई एक हप्ता छुट्टै वस्ने व्यवस्था मिलाइएको छ । अहिले १६ जना प्रहरी आइसोलेसनमा उपचाररत छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस