लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना पुष्टि

काठमाडौं । लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता केसीलाई कोरोना संक्रमण देखिएको छ । अमेरिकामा बस्दै आएका प्रेमराजा महतले आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जनाएका छन् ।

लोकगायक महतले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै आफू र पत्नी दुवै संक्रमित भएको जानकारी गराए । महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत हुन् ।

उनले आफ्नो परिवारबाहेक यस्तो समस्या कसैलाई देखिएमा गोप्य नराखी समुदायलाई जानकारी दिन पनि आग्रह गरेका छन् । संक्रमण पुष्टि भएपछि आफूहरु आफ्नै घरको एक-क कोठामा आइसोलेसनमा बसेको र छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा रहेको उनले जानकारी गराए ।

समुदाय का सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरू मा हार्दिक अपिल ।यदि हामिले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी…

Gepostet von Prem Raja Mahat am Freitag, 7. August 2020

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस