किन युवामा बढी कोरोना संक्रमण ?

काठमाडौं । युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ । तर, यही उमेर समूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन् । २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ । दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ ।

नेपालमा कोरोना संक्रमणको ६ महिना अवधिमा उमेरका हिसाबले सबै समूहमा संक्रमित देखिएका छन् । चीनमा अध्ययन गरी फर्किएका युवामा गत माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

१५ हजार ८ सय १४ जना निको भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ हजार ३ सय ३० जना आइसोलेसनमा छन् । ६६ जना आईसीयूमा छन् । यीमध्ये ३ जना भेन्टिलेटरमा छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीमध्ये बहुसंख्यक ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेर समूहका छन् । ६० भन्दा माथिको उमेर समूहका संक्रमितको संख्या २.१ प्रतिशत छ । १० वर्षमुनिका बालबालिकाको संक्रमण ४ प्रतिशत छ ।

६० वर्षमुनिका व्यक्ति बढी संक्रमित भएको जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारीको भनाइ छ । ‘यो उमेरका व्यक्तिहरू धेरै चलायमान हुन्छन् ।

मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले घरमा बसिरहन नरुचाउने भएकाले युवा बढी संक्रमित हुन पुगेको बताए । क्वारेन्टाइनमा बसेका र बाहिर डुलिहिंड्ने युवामा संक्रमणको दर हेर्नुपर्ने उनको भनाइ छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्यांकरले हान्दा २९ वर्षीय प्रहरी जवानको मृत्यु

काठमाडौं । तेल ट्यांकरले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । बाराको जितपुर …

प्रतिकृया दिनुहॊस