कोरोना अपडेट : विश्वभर १ करोड ८९ लाख संक्रमित, ७ लाख १२ हजारको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ करोड ८९ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितहरुको संख्या १ करोड ८९ लाख ८६ हजार ६ सय २९ पुगेको हो ।

हालसम्म ७ लाख १२ हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ भने १ करोड १४ लाख ७७ हजार ८ सय ३४ जना निको भइसकेका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४८ लाख ७६ हजार ७ सय ९० पुगेको छ भने १ लाख ५९ हजार ९ सय ९० जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिलमा २९ लाख १२ हजार २ सय १२ संक्रमित र ९८ हजार ४ सय ९३ को मृत्यु, भारतमा १९ लाख ६४ हजार ५ सय ३६ संक्रमित र ४० हजार ६ सय ९९ को मृत्यु र रुसमा ८ लाख ७० हजार १ सय ८७ संक्रमित र १४ हजार ५ सय ७८ जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस