उपत्यकाका यी क्षेत्रमा आज र भोलि दिनभर विद्युत् काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिरकणले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडर अन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्र लगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । प्राधिकरणले तोकिएको काम समय अगावै सम्पन्न भएको खण्डमा विद्युत् पुनःप्रवाह हुने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

काठमाडौं । ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण …

प्रतिकृया दिनुहॊस