कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप नबन्न पनि सक्छ : डब्लुएचओ

काठमाडौं । कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले बताएका छन् ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा डब्लुएचओका प्रमुख टेड्रोस अधनोम घेब्रेएससले कोरोना भाइरसविरुद्धको खोपको आशा गरिए पनि कहिल्यै नबन्न सक्ने संभावना पनि रहेको बताएका हुन् । घेब्रेएससले भने- ‘कोभिड-१९ विरुद्ध अहिले कुनै चाँदीको गोली छैन र त्यो कहिल्यै नबन्न पनि सक्छ ।’

विश्वभरिका मान्छेले यति बेला महामारीबाट बच्न व्यक्तिगत दूरी कायम गर्ने, हात धुइरहने र मास्क लगाउने बाहेक विकल्प नभएको उनले बताए । शंकास्पदलाई क्वारेन्टिनमा र संक्रमितलाई आइसोलेसनमा राख्नुपर्ने पनि डब्लुएचओले बारम्बार बताउँदै आएको छ ।

विश्वमा झन्डै १ करोड ८४ लाख जनामा कोरोना संक्रमण देखिएको भने मृत्यु हुनेको संख्या ६ लाख ९७ हजार पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोकमा जन्ती सवार बस भीरमा खस्यो : तीन जनाको घटनास्थलमै मृत्यु, ५२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको …

प्रतिकृया दिनुहॊस