नबिल बैंक दोस्रो पटक पनि यूरोमनीद्धारा ‘नेपालको उत्कृष्ट बैंक’ घोषित

काठमाडौं । बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंकलाई ‘नेपालको उत्कृष्ट बैंक(Nepal’s Best Bank) द्वारा पुरस्कृत गरेको छ ।

समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदानगर्ने गरिन्छ ।

नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादनमूल्याँकनगरि उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो ।

सन् १९९२ मा स्थापनाभएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ ।‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीयतथा राष्ट्रिय स्तरकाउत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृतगर्दै आइरहेको छ ।

सन् १९८४ देखि आफ्नाग्राहकहरुलाई समायनुकुल सेवाप्रदानगर्दै आएको नबिल बैंककोहालसम्म ११८शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमानविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्गविकासको ईतिहासमाकोसेढुङ्गाको रुपमाकामगर्दै आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस