पर्सामा फेरि थपिए ४५ संक्रमित, संक्रमितको संख्या ५ सय नाघ्यो

काठमाडौं । पर्सामा थप ४५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १४ महिला र ३१ पुरुष गरी थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनामा पनि कोरोना देखिएको छ । नयाँ संक्रमितहरु ५ वर्षदेखि ६२ वर्ष उमेर समूहका रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए । उनका अनुसार नयाँ संक्रमितमध्ये अधिकांश ‘मास ट्रेसिङ’को परीक्षणमा संक्रमित भेटिएका हुन् ।

पर्सामा नयाँ थपिएका संक्रमितसहित अहिलेसम्म कुल संक्रमितको संख्या ५ सय ४ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । संक्रमित मध्ये १ सय ८८ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाहिरियो एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र

काठमाडौं । सिरहामा एसईई परीक्षाअन्तर्गत नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । आज (शुक्रबार) परीक्षा …

प्रतिकृया दिनुहॊस