फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, केमा कति बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु २ ले वृद्धि गरेको छ । यस्तै, डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार पछिल्लोपटक इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो ।

यसअघि, पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु १०४ पुगेको छ । यस्तै, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर रु ९० पुगेको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्यवृद्धि गरेको छैन । निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको सहर वीरगन्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृतरुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ । निगमले यसअघि भने जुलाई १६ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भए पनि उपभोक्ताको हितलाई हेरेर मूल्यवृद्धि नगरेको समेत स्मरण गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उच्च बिन्दुमा सुनको मूल्य, १ लाख ३९ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर छ भने चाँदीको भाउ घटेको छ …

प्रतिकृया दिनुहॊस