विश्वभर १ करोड १३ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख १३ लाख हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड १३ लाख १८ हजार ८ सय ५२ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ६ लाख ८७ हजार ८ सय ७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड ७९ लाख ९९ हजार २ सय ७५ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ५७ हजार ८ सय ९८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ४७ लाख ६४ हजार ३ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ४ सय २८ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय २३ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या २७ लाख ८ हजार ८ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९३ हजार ६ सय १६ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ हजार ४ सय ३ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ८ सय ६५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १७ लाख ५१ हजार ९ सय १९ पुगेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस