फाइल फोटो

कोरोना संक्रमण बढिरहे नयाँ निर्णय लिने तयारी

काठमाडौं । लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले नयाँ निर्णय लिनेबारे तयारी थालिएको छ । संक्रमण नघटे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड९१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशक समितिले छलफल थालेको हो ।

समितिले बिहीबार परीक्षणलाई अझ बढाएर परिस्थिति मूल्यांकन गर्ने विषयमा छलफल गर्यो । साउन ६ गते लकडाउन सकिएको घोषणा गर्दा मुलुकमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० थियो । तर पछिल्ला १० दिनमा १९ जनाको मृत्यु भइसकेको छ । यस्तै, साउन ६ गते संक्रमित संख्या १७ हजार ९ सय ९४ थियो भने साउन १६ गतेसम्ममा उक्त संख्या बढेर १९ हजार ७ सय ७१ भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकमा सीसीएमसी सचिवालयले संक्रमणको स्थिति प्रस्तुत गरेको थियो । तथ्यांकको विश्लेषण गर्दै समितिका सदस्यहरूले एक-दुई दिन परीक्षणको दायरा बढाएर हेर्ने र त्यसपछि पनि संक्रमण बढेको पाइए नयाँ निर्णय लिनुपर्ने निचोड निकालेको हो ।

जनस्वास्थ्यमा ठूलो दुर्घटना निम्त्याउन सक्ने चेतावनी
सरकारी अनुरोध र मापदण्डको पालनाहरू थुप्रैतिरबाट नहुनुलाई दुःखद् भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मापदण्ड पालना नहुँदा त्यसले देशको जनस्वास्थ्यमा ठूलो दुर्घटना निम्त्याउन सक्ने चेतावनी उनको चेतावनी छ ।

डा. गौतमले भने– ‘सिराहामा आमसभा भएको छ, दुई तिन दिनयता काठमाण्डूमा साना साना सभाहरू भइरहेका छन् । यी सभाहरू हाम्रा लागि दुस्खद् छन् ।’ उनले काठमाडौंमा संक्रमितहरूको सङ्ख्या बढिरहेको पक्षलाई समेत चिन्ताको रूपमा औँल्याए । देशभर झण्डै २० हजार नजिक संक्रमितको संख्या पुग्दा राजधानीमा ५ सय बढीमा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निगरानीमा बस्नुपर्ने विषयमा सरकारबाट दिनहुँ अनुरोध गरिरहेको भए पनि त्यसको पालना नभइरहेको उनको भनाइ थियो । ‘यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने । उनले थुप्रैतिर सीमा नाकामा पनि नियन्त्रण नभइरहेको बताए ।

डा. गौतमले यदि जनस्वास्थ्यका मापदण्डहरू पालना गरिएनन् भने काठमाडौंसहित देशभर बढिरहेका कोभिड–१९ का बिरामीहरूले अस्पतालमा शैय्या वा सघन उपचार कक्षहरू (आइसीयू) नपाउन सक्ने चेतावनी समेत दिएका छन् । प्रवक्ता डा गौतमका अनुसार समूहमा बस्नेहरूमा यतिखेर कोभिड-१९ को संक्रमण बढिरहेको पाइएको छ ।

नेपालमा शुक्रवार साँझसम्म १९,७७१ मा कोरोना पुष्टि भएको छ भने अहिलेसम्म १४,३९९ निको हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

काठमाडौं । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा …

प्रतिकृया दिनुहॊस