सांसद प्रदीप यादवलाई देखियो कोरोना, अंगरक्षक र चालकमा पनि संक्रमण पुष्टि

काठमाडौं – जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ । सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराए ।

उनले फेसबुकमा लेखेका छन्, ‘मैले आफ्नो पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर राखेको छु ।’

लामो स्टेटसमा उनले सबैलाइ सुरक्षित हुन आग्र गरेका छन् । उनले आत्मअनुशासन कायम गर्दै सुरक्षित रुपमा बस्न, घरबाट अति आवश्यक काममा निस्किनु परेमा बिना मास्क ननिस्किन र व्यत्तिगत दूरी कायम राख्न आग्रह गरेका छन् । ‘संक्रमणमुक्त भएर मेरो प्राणभन्दा प्यारा जनाताको सेवामा चाडैं फर्किने छु,’ उनले लेखेका छन् ।

यसैबीच सांसद यादवका अंगरक्षक र चालकमा पानि कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित अंगरक्षक र चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले पुष्टि गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस