फाइल फोटो

देशभर वर्षाः यी प्रदेशमा बाढी पहिरो र डुबानको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौं । अहिले देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावका साथै नेपालको पुर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेकोले वर्षा भएको हो ।

दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

यस्तो छ दुई दिनको पूर्वानुमान

साउन १७ गते (शनिबार)
दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन १८ गते (आइतबार)
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णालि प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश र कर्णालि प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २ ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस