सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई डिशहोमकाे राहत वितरण

काठमाडाै ।  डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ५ पहिरो प्रभावित स्थानियहरु लाई डिशहोमले राहत वितरण गरेको हो । पहिरो पिडित २८ घर परिवार लाई ४ लाख २० हजार रुपैया रकम राहत स्वरुप उपलव्ध गराईएको छ । डिशहोमका स्थानिय वितरक र प्रतिनीधि पहिरोबाट अति प्रभावित जम्बुसम्म पुगेर उक्त सहयोग रकम स्थानिय परिवारहरु लाई उपलब्ध गराईएको छ ।

सामाजिक उत्तरदायित्वलाइ ध्यान दिंदै डिशहोमले आफ्नो स्थापनाकाल देखिनै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ । एसईई तयारी कक्षादेखि लकडाउनको समयमा बिद्यार्थिहरुको पढाईमा सहयोग हुने कक्षा ४ देखि १० सम्मको पाठ्यक्रम टेलिभिजन कक्षा मार्फत प्रशारण गरिरहेको छ । नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिशहोमले ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य संगै सामाजिक उत्तरदायित्वका कामहरुलाई समेत तिब्ररुपमा अगाडी बढाइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस