कांग्रेस अनुगमन समिति र नेपाली औषधि बिक्रेता संघबीच छलफल

काठमाडौँ । कांग्रेस अनुगमन समिति र नेपाली औषधि बिक्रेता संघबीच छलफल भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा पार्टीका सहमहामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले   विश्वभर महारामारी महामारीको अवस्थामा औषधिको सहज उपलब्धता समस्या र समाधानका बिकल्पमा छलफल सम्पन्न गरेको छ ।
नेपाली औषधि बिक्रेता संघको आयोजना एव व्यवस्थापनमा नेपाली काँग्रेसका सह-महामन्त्री एव कोरोना अनुगमन समितिका संयोजकको नेतृत्वको टोलीले हालको महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पहुचका सवालमा भएको बस्तुगत अवस्थाका बारेमा छलफल  भएको छ ।
उक्त छलफलमा महामारीका समयमा अत्यावश्यक औषधिको खरिद र व्यवस्थापनमा सरकारी निकायको उदाशिनता र अनियमितता व्यापक भएको तर्फ सबैले खबरदारी गर्नुपर्ने बिषय औल्याएका थिए।

छलफलमा बोल्दैं  डा. प्रकाश शरण महतले सरकारी निकाय र मन्त्रालय महामारीको समयमा कमाउ धन्दामा लागेको आरोप लगाए ।  साथै यसरी भएको अनियमितताको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा कारवाहीको समेत माग गरेका छन्  ।
सरकार र स्वयं प्रधानमन्त्री समेत अनियमितताको ढाकछोपमा लागेका कारण जनताले महामारीको रोकथाम र उपचारमा समस्या भोग्न बाध्य भएको बताउदै सरकारलाई खबरदारी गर्न अपिल समेत गरे  ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आजबाट देशभर ‘सवारी पास’ बन्द [परिपत्रसहित]

काठमाडौं । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको …

प्रतिकृया दिनुहॊस