पाटन अस्पतालमा ६५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

काठमाडौं । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  ती महिला वीरगन्जबाट काठमाडौं आएपछि रुघाखाेकी लगायत समस्या देखिएपछि उनी  साउन ६ गते जाँच गराउन स्टार अस्पताल गएकी थिइन् ।

उनलाई स्टार अस्पतालमै आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राख्नुपरेको थियो ।

आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बाहिरियो एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र

काठमाडौं । सिरहामा एसईई परीक्षाअन्तर्गत नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । आज (शुक्रबार) परीक्षा …

प्रतिकृया दिनुहॊस