सुनको मूल्य निरन्तर उकालोतर्फ, तोलाको ९९ हजार ३ सय पुग्यो

काठमाडौँ । शुक्रबार पनि सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्यमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्यमा प्रति तोला ३ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९९ हजार ३ सय पुगेको छ । यस अघि विहिबार सुन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ८६५ पुगेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मुल्य भने घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदीमा प्रतितोला २५ रुपैयाले घटेको छ । विहिबार चाँदी १२२५ मा कारोबार भएकोमा शुक्रबार प्रतितोला १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस