विद्यार्थीको स्वाव लिँदा पोजेटिभ देखिए क्वारेन्टिन राख्ने कि परीक्षा हल ?

कोरोना महामारी नियन्त्रणको लागि नेपाल सरकारले चैत्र ११ बाट सुरु गरेको लकडाउन करिब ४ महिना पछि (श्रावण ७ गते) बाट आंशिक रुपमा खोल्यो । आर्थिक तथा सामाजिक गतिविधि सुचारु गर्नका लागि समाजिक दुरी लगायत केही नियम बनाएर लकडाउन खोलियो । छोटो दुरीको (जिल्लाभित्र) सार्वजनिक सवारी सधान सूचारु गरेको सरकारले भाद्र १ बाट लामो दुरीका सवारी साधन सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

कोरोनाको संक्रमण फैलिन नदिन चैत्र ५ गतेबाट शुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्याे । स्थगित भएका एसईईलाई आन्तरिक मूल्यांकनका आधारमा नतिजा दिने निर्णय भएको छ । सरकारले लकडाउन खोलेसँगै त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डले स्थगित परिक्षा सुचारु गर्ने भन्दै धमाधम सूचना प्रकाशित गरिरहेका छन् ।

कोरोना संगसंगै बाढी पहिरो जस्ता जोखिम पनि बढिरहेको छ । बिद्यार्थीहरु आवत जावत गर्न सहज नभएको र विकल्प नखोजी परिक्षाको बारेमा निर्णय गर्नु पनि आपत्तिजनक छ ।

लामो दुरीका यातायात भाद्र १ बाट खुले पनि विधार्थीहरु कहिले आफु पढ्ने क्याम्पस नजिक पुग्ने ? कहिले परीक्षाको तयारी गर्ने ? भन्ने समस्या साथ साथै घरवेटीहरुले पिसिआर रिपोर्ट नहेरी कोठामा बस्न नदिएको समस्या छदैछ । यस्को सहजीकरण कसले गर्दिने ? परीक्षा हुने सूचना जारी गरिएपछि, विद्यार्थीहरु कसरी शिक्षण संस्थामा पुग्ने भन्ने थप अन्योलमा परेका छन् । कोरोना संगसंगै बाढी पहिरो जस्ता जोखिम पनि बढिरहेको छ । बिद्यार्थीहरु आवत जावत गर्न सहज नभएको र विकल्प नखोजी परिक्षाको बारेमा निर्णय गर्नु पनि आपत्तिजनक छ ।

कतिपय परीक्षा केन्द्रमा क्वारेन्टाईन बनाईएको छ, त्यस केन्द्रमा तत्कालै विद्यार्थीले कसरी सुरक्षा महसुस गरेर परीक्षा दिने ? सुरक्षाको ग्यारेण्टी कसले लिने ? कक्षा ११ को परिक्षा अब आन्तरिक मुल्यांकनकै आधारमो रिजल्ट प्रकासन गरि कक्षा १२ पढ्ने अनुमती दिने भनिएको थियो तर अहिले अचानक निर्णय किन फेरि परीक्षा लिने भनी विद्यार्थीहरुको मानसिकता माथी खेलवाड गरिदै छ ? संक्रमित विद्यार्थीको स्वाव लिदा पोजेटिभ देखिएमा क्वारेन्टिन राख्ने कि परिक्षा हल ? लाखौ विद्यार्थीको संख्यामा परीक्षा लिँदा एकजनामा पोजेटिभ भेटियो भने पुनः परीक्षा बन्द गर्ने वा लाखौँ विद्यार्थीको जिम्मेवारी कसले लिने ?

यदि कदमकताचित परीक्षामा उपस्थित भएकै कारण परिक्षार्थी, कर्मचारी र अन्य सहभागीलाई कोरोना लाग्यो भने यसको जवाफदेहि को हुन्छ र उनीहरूको जिम्मा कसले लिन्छ ? सरकार या विश्वबिद्यालय ?

      समिर केसी

परीक्षा हलमा कुनै विद्यार्थीले खोक्दा, हाछ्यु गर्दा त्यहाँ रहेका अन्य परीक्षार्थीमा पर्ने मनोवैज्ञानिक असरबारे कसले सोच्ने ? पूर्वाञ्चल विश्वविद्यालयले स्थगित परीक्षा सुचारुको सूचना निकालेतापनि परिस्थिति सहज बनेपछि मात्र सम्पूर्ण स्थगित परिक्षा साथै शैक्षिक गतिविधि जारी गर्ने भन्दै अर्को सुचना निकाल्यो । त्रिभुवन विश्वविद्यालयले पनि कोरोना महामारीलाई मध्यनजर गरेर मात्र अघि बढ्ने बताए पनि निरन्तर भाद्रबाट परिक्षा सुचारु गर्ने भन्ने सुचना प्रकाशित गरेको छ । त्यसैगरि पोखरा विश्वविद्यालयले सोमबार मात्र सूचना जारी गर्दै भाद्र आन्तिम साता बाट परिक्षा गर्ने भनेको छ । विद्यार्थीको लागि परिक्षा अपरिहार्य छ, र हुनु पनि पर्दछ । बर्ष र सेमेस्टर भरी पढेको, सिकेको, जानेको कुरा मापन गर्ने माध्यम भनेको नै परिक्षा हो ।

तर यसो भनिरहँदा यस्तो अवस्थामा परीक्षा लिने निर्णय गर्नु भनेको मुर्खता हो । लकडाउन खुले पनि कोरोना न त पूर्ण रुपमा रोकिएको छ, न त कुनै औषधि बनेको छ । यो विचार लेख्दासम्म नेपालमा ४९ जनाले ज्यान गुमाई सकेका छन् भने दिन प्रतिदिन संक्रमित संख्या पनि थपिदै २० हजारको हाराहारीमा पुगिसकेका छन् । एक जनामा कोरोना देखिँदा एसईई परीक्षा स्थगित गरियो, तर अहिले दैनिक रूपमा २०० सय देखि ३०० जना संक्रमित हुँदा पनि परीक्षा लिन किन हत्तार हुँदैछ ? स्वास्थ नै धन हो भन्दै पढाएर अहिले चै यस्तो महामारीमा कसरी परीक्षा दिने ?

परीक्षा हलमा कुनै विद्यार्थीले खोक्दा, हाछ्यु गर्दा त्यहाँ रहेका अन्य परीक्षार्थीमा पर्ने मनोवैज्ञानिक असरबारे कसले सोच्ने ?

यदि कदमकताचित परीक्षामा उपस्थित भएकै कारण परिक्षार्थी, कर्मचारी र अन्य सहभागीलाई कोरोना लाग्यो भने यसको जवाफदेहि को हुन्छ र उनीहरूको जिम्मा कसले लिन्छ ? सरकार या विश्वबिद्यालय ? यस्तो माहामारीको अवस्थामा गुज्रिरहेको करिब करिब ४ महिना बितिसक्दा पनि विश्वविद्यालयले परीक्षा गर्न नसकेको खण्डमा विधार्थीको पठनपाठन कसरी अगाडि बढाउने भन्ने कुरामा शुन्य गुहकार्य देखिन्छ र यस तर्फ सरकारको नि ध्यान नगएको हुदा गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।

यदि अहिले नै यो स्थितिमा परिक्षा गर्ने हो, भने विद्यार्थीको परीक्षा नतिजा नेगेटिभ र कोरोनाको नतिजा पोजेटिभ देखिने निश्चित छ । यसो भनिरहँदा म परिक्षा बिरोधी पकै पनि हैन परिक्षा हुनुपर्छ तर कोरोना माहामारीको जोखिम मोलेर होइन न्यूनिकरण गरेर हो । समुदाय स्तरमा फैलिदै गरेको कोरोना कहरको अवस्थामा परिक्षा लिनुभन्दा कसरी सुरक्षित बस्ने तर्फ विश्वविद्यालय लगायतका संघसंस्था भूमिका अपरिहार्य छ ।

  • केसी बिबिएम प्रथम सेमेस्टर शंकर देवमा अध्ययनरत विद्यार्थी हुन्

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्सका ग्राहकलाई बम्पर सुविधा, २० बढी बचत खातामा उच्च ब्याजदर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा खाता खोल्ने ग्राहकहरुलाई लक्षित गरि बम्पर सुविधा ल्याएको छ । बाणिज्य बैंकहरुमा अग्रस्थानमा रहेको सिटिजन्सले आफ्ना ग्राहकहरुका सबै खालका वित्तीय आवश्यकतालाई एक साथ पुरा गर्ने उदेश्यले विभिन्न प्रकारका निक्षेप खाताहरु सञ्चालनमा ल्याएको हो । बैंकले चालु आर्थिक वर्षदेखि ग्राहकहरुको भरपर्दो साझेदारका रूपमा आफूलाई उभ्याउन चाहेको जनाएको छ ।

प्रतिकृया दिनुहॊस