सिपिएल खेल्ने सन्दीप सेन्ट लुसिया प्रस्थान

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने त्यसतर्फ लागेका छन् । सन्दीपले सिपिएल खेल्नका लागि आज बिहान त्यसतर्फ लागेको उनका म्यानेजर रमण सिवाकोटीले जानकारी दिएका छन् ।

सन्दीप विहिबार कोरियन एयरलाइन्सको चार्टड विमानबाट अमेरिका हुदै सेट लुसिया गएका हुन् । सिवाकोटीका अनुसार सन्दीप श्रावण १७ गते शनिबार सेन्ट लुसिया पुग्ने भएका छन् ।

यस अघि सन्दीपले स्वास्थ्य प्रोटोकल अनुसार आफ्नो कोरोना परिक्षण समेत गराएका थिए । उनको कोरोना रिपोर्ट निगेटिभ आएपछि सिपिएल खेल्न जाने बाटो खुलेको हो ।

यसअघि हवाई सेवा बन्द हुदा सिपिएल खेल्न जाने बारे अन्योल देखिएकोमा पर्यटनमन्त्री योगेश भट्टराईले विशेष पहल गरेर त्यसतर्फ जाने वातावरण बनाइदिएको बताइएको छ ।

सन्दीप तेस्रो पटक सिपिएल खेल्ने तयारीमा छन् । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलरमा जमैका तल्लावाहले सम्झौता गरेको छ ।

सन्दीपको टिम जमैका तल्लावाहमा चर्चित क्रिकेटरहरु आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, ओशाने थोमस जस्ता खेलाडी रहेका छन् भने सन्दीपको टिमको कप्तान रोभमान पावेल रहेका छन् । सन्दीपको टिम जमैकाको पहिलो खेल भाद्र ३ गते (अगस्त १९) मा सेन्ट लुसियाविरुद्ध रहेको छ ।

उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । त्यसका लागि उनीलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए । यस्तै दोस्रो पटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले छ खेलमा आठ विकेट लिएका थिए । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए ।

सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सिपिएलमा कुल ३३ खेल हुने छन् । कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस