गण्डकी प्रदेशमा थप ३८ जनामा कारोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा कास्कीका १४, स्याङजाका ११, बागलुङका ६, तनहुँ ३, लम्जुङका ३ र नवलपरासी पूर्वका १ जना रहेका छन् । ३८ जना थपिएसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १४७९ पुगेको छ ।प्रदेश

स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस