सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ले बनायो यस्तो रेकर्ड

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ले रेकर्ड बनाएको छ । फिल्मले छोटो समयमै बढी भ्युज पाउने रेकर्ड बनाएको हो । रिलिजको केही दिनमै फिल्मलाई डिज्ने प्लस हटस्टारबाट जुलाई २४ मा सार्वजनिक गरिएको थियो ।

प्रिमियर भएको २४ घण्टामै ९ करोड ५० लाखले फिल्म हेरेको भारतीय मिडियाहरुले जनाएका छन् । उनीहरुका अनुसार डिज्ने प्लस हटस्टारमा फिल्मले हालसम्मकै भ्युअरसिप रेकर्ड तोडेको छ । फिल्ममा सुशान्तका अलावा अभिनेत्री सन्जना सांघीको पनि मुख्य भूमिका छ ।

सुशान्तले गत जुन १४ मा आत्महत्या गरेका थिए । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेको भारतीय प्रहरीको दाबी छ । यद्यपि, कतिपयले भने उनको हत्या भएको आशंका गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस