केकी र पुष्पको मायाको घर बसाउने कुरो [भिडियोसहित]

काठमाडौं । गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गीतमा पुरुषोतम सुबेदी र अस्मीता अधिकारीले स्वर दिएका छन् भने संगीत पनि पुरुषोतम सुबेदीकै रहेको छ ।

गीतमा मायाको घर बसाउन एक अर्काले पक्का गरौं भन्ने भाव समेटिएको छ । मायाप्रीतिकै कथाबस्तु रहेको सो गीतमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय गरेका छन् । उनीहरुको अभिनयमा मायाको घर बसाउने कुरा गरेको बुझिन्छ ।

ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने कोरीयोग्राफी प्रबिन थापा र सम्पादन, तथा निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् ।

हेर्नुहोस् भिडियो :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस