सुर्खेतको अत्याधुनिक सिटी बसपार्क भदौदेखि सञ्चालनमा आउने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माण गरिएको अत्याधुनिक सिटी बसपार्क सञ्चालनमा आउने भएको छ  ।

नगरपालिका र व्यवसायीबीचको विवाद मिलेपछि बसपार्क सञ्चालमा आउन लागेको हो । भदौ  १ गतेदेखि बसपार्क सञ्चालनमा आउने भएको हो ।

२०७६ साल असार मसान्तमा निर्माण कार्य सम्पन्न भएपछि बसपार्क सञ्चालन कार्यविधि निर्माण गरी २०७६ मंसिर १६ गते वीरेन्द्रनगर नगरपालिकाले ठेक्काको सूचना प्रकाशित गरेको थियो।

तर पुरानो बसपार्कमा व्यवसाय गरी बसेका ४१ जना व्यवासायीहरुले नगरप्रमुख देवकुमार सुवेदी र प्रमुख प्रसाशकीय अधिकृत टिकाराम ढकालविरुद्ध उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेपछि बसपार्कको टेन्डर प्रक्रिया रोकिएको थियो ।

नगरपालिका र व्यवसायीबीच पुरानो बसपार्कमा व्यापार गरिरहेकालाई बसपार्क निर्माणपछि व्यापार–व्यवसाय गर्न दिने सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि उनीहरूले अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमाथि गत फागुन अन्तिमतिर उच्च अदालतले सुनाइ गर्दै प्रतिस्पर्धा गराउने तर पुराना व्यवसायीलाई प्राथमिकता दिनु भनी सुनुवइ गरेपछि विवाद सुुल्झिएको हो । यो सुनुवाइसँगै बसपार्क सञ्चालन गर्न बाटो खुलेको हो ।

बसपार्क सञ्चालन गर्ने ठेक्का पीआर कन्स्ट्रक्सनले पाएको छ । अब उक्त कन्स्ट्रक्सनसँग सम्झौता गरी बसपार्क सञ्चालनको सम्पूर्ण जिम्मा दिने तयारी गरिएको नगरपालिकाले जनाएको छ । बसपार्क सात करोड ४४ लाख लागतमा निर्माण भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस