दुर्लभ मानिने पहेंलो कछुवा भेटियो

एजेन्सी ।  भारतमा  दुर्लभ  मानिने पहेंलो रंगको कछुवा फेला परेको छ ।

उडिसा राज्यको बाल्ससोर जिल्लाको सुजानपुर गाउँस्थित खेतमा काम गर्ने क्रममा बाशुदेव महापात्रा नाम गरेका कृषकले पहेंलो रंगको उक्त दुर्लभ कछुवा फेला पारेका हुन् ।

उडिसा राज्यको बाल्ससोर जिल्लाको सुजानपुर गाउँस्थित खेतमा काम गर्ने क्रममा बाशुदेव महापात्रा नाम गरेका कृषकले पहेंलो रंगको उक्त दुर्लभ कछुवा फेला पारेका हुन् ।

यो कछुवा इन्डियन फ्लापसेल कछुवा प्रजातिको हो । यो कछुवा दक्षिण एसियाका धेरै ठाउँमा पाइन्छ । यो प्रजातिको कछुवालाई नेपालमा ‘ढकनी नरम खबटे कछुवा’ले पनि चिनिन्छ ।

विज्ञहरुले कछुवाको रंग पहेंलो हुनुको कारण ‘अल्बनिजम’ भनेका छन् । पातीले सीएननलाई शरीरमा टाइरोसिन पिगमेन्टको कमी हुँदा वा नहँदा यस्तो अवस्था देखा परेको बताएका छन् ।

कतिपय अवस्थामा टाइरोसिन पिगमेन्टको कमी हुँदा वा जीन सिक्‍वेन्समा हुने उत्परिवर्तनका कारण पनि यस्तो अवस्था देखा पर्ने विज्ञहरुले जनाएका छन् ।

उक्त कछुवालाई उसैको पुरानै बासस्थानमा छाडिएको पातीले सीएननलाई बताएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई …

प्रतिकृया दिनुहॊस