सन्राइज बैंकले ९‌‍.९५ प्रतिशतमै सरल एस.एम.ई कर्जा दिने

काठमाडौं ।सन्राइज बैंकले “सन्राइज सरल एस.एम.ई कर्जा” ९.९५ प्रतिशत वार्षिक ब्याज दरमा दिने भएको छ ।

आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने भएको  हो  ।

उक्त योजना अन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ ।

यस व्यवस्था अन्र्तगत ग्राहकले रु. एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।

यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका यस बैंकको १३४ शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस