प्रभु म्यानेजमेन्ट र सगुनबीच सम्झौता

काठमाडौं । सगुनले प्रभु म्यानेजमेन्टसँग सहकार्य सुरु गरेको छ। दैनिक कार्यहरुलाई सजिलो बनाइदिन सुविधा उपलब्ध गराउन उक्त साझेदारी गरीएको हो।

यी कम्पनीकाअनुसार प्रयोगकर्ताहरुले बिजुली, पानी, इन्टरनेट, टिभीको बिल तिर्न सक्ने तथा पैसा पठाउनेर पाउने, बैंकमा बुझाउने जस्ता प्रभु म्यानेजमेन्टका सेवा तथा सुविधाहरुहरुको लाभ उठाउन सक्नेछन्।

सगुन नेपालका आनन्द बज्रचार्यले यस सहकार्यपछि सामाजिक सञ्जाल प्रयोगमा नयाँपन र व्यापार–व्यवसायहरुले आफ्नो सेवा ठूलो संख्याका प्रयोगकर्ताकाबीचमा पुर्याउन सजिलो हुने बताए।

सगुन अमेरिका, नेपाल र भारत ३ वटै देशमा रेजिस्टर भइ संचालनमा आइरहेको छ। हालसम्म ५७ लाख प्रयोगकर्ताले सगुन चलाएका छन्।

कम्पनीका अनुसार प्रभु म्यानेजमेन्ट संगको सहकार्य पछि नेपाल र भारतका प्रयोगकर्ताहरुले मात्र ४ करोड इस्मार्ट कोइन बराबरको शपिङ गरिसकेको बताइएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा १९.५६ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । …

प्रतिकृया दिनुहॊस