पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने महासंघको निर्णय

काठमाडौं ।  नेपाल पत्रकार महासंघले केन्द्रीय समिति मातहत रहनेगरी पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।

महासंघ केन्द्रीय समितिले ३० लाख रुपैया जम्मा गरेर सुरुआत गरेको कोषमा नेपाल पत्रकार महासंघका बेलायत, युरोप, जापान, युएई, कोरिया, कुवेत, भारत, कतार शाखा तथा नेपाल अमेरिका पत्रकार संघ नेजा र नेपालिज जर्नालिष्ट एशोसिएसन अष्टेलियाले एक महिनाभित्र सकेको रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।

कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्यावाट पीडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने महासंघले जनाएको छ ।

यस्तै  कोष सञ्चालन निर्देशिका र मापदण्ड पनि तयार गर्ने बताउँदै महासंघले सहयोग गर्न चाहने संघ, संस्था र व्यक्तिहरुलाई नेपाल बंगलादेश बैंकको खाता नं  ००१०७००३१५ उपलब्ध गराएको छ ।  कोरोना संक्रमण सक्रमणका कारण कतिपय पत्रकारले जागिर गुमाउनु परेको, बेतलवी बिदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेको जस्ता समस्या भोग्नु परेको अवस्थामा महासंघले यस्तो पहलकदमी लिएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस