साराको घरसम्म पुग्यो कोरोना, कस्को रिपोर्ट आयो पोजेटिभ ?

काठमाडौं । छिमेकी मुलुक भारतको मुम्बईमा पछिल्लो समय कोरोनाभाइरसको खतरा बढिरहेको छ । अमिताभ बच्चन र अनुपम खेरपछि अभिनेत्री सारा अलि खानको घरमा समेत कोरोना आइपुगेको हो ।

साराले हालै यसबारे खुलासा गरेको अमर उजालाले उल्लेख गरेको छ । समाचार अनुसार साराले आफ्ना ड्राइभरमा कोरोना पोजेटिभ देखिएको बताएकी छिन् । साराले सोमबार राति इन्स्टाग्राममा यस कुराको जानकारी दिएकी छिन् ।

उनले लेखेकी छिन्, ‘म तपाईँहरूलाई यो जानकारी गराउन चाहन्छु कि, हाम्रा ड्राइभरको कोरोना पोजेटिभ आएको छ । रिपोर्ट आउनेबित्तिकै बिएमबीलाई सूचना दिएर ड्राइभरलाई क्वारेन्टिनमा पठाएका छौं ।’

View this post on Instagram

🙏🏻🙏🏻🙏🏻

A post shared by Sara Ali Khan (@saraalikhan95) on

यद्यपि, घरमा कोरोना आए पनि टेस्ट गर्दा आफ्ना परिवारका सबै सदस्यको नेगेटिभ देखिएको उनले बताएकी छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस