नेपाल बङ्गलादेश बैंकले गर्याे बीमा दाबी रकम भुक्तानी

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले ल्याएको बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ।

यस अन्तर्गत बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शाङ्गे शेर्पाको दुर्घटनामा परी असामाहिक निधन भएकोमा सो खातामा रहेको बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको प्राप्त रकम १५ लाख स्वर्गीय शेर्पाकी पत्नी पेमलमु शेर्पालार्ई दिइएको हो।

बैंकले सोमबार बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा एक कार्यक्रमकोबीच उक्त रकम हस्तान्तरण गरेको हो। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले हस्तान्तरण गरे।

बैंकले आफ्ना ग्राहकलाई विभिन्न खालका सुविधाहरु दिंदै आएको परिप्रेक्ष्यमा यस प्रकारको प्रयासबाट मृत्यु भएका ग्राहकको परिवारको आर्थिक हित हुने अपेक्षा रहेको छ।

साथै आगामी दिनहरुमा पनि बैकले आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी गराएको छ ।

बैंकले ९७ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस