ग्लोबल आइएमई बैंकले बाग्मती प्रदेशलाई दियो १० लाख

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

आइतबार एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धकहरु नारायण प्रसाद पौडल, लक्ष्मण पौडल र दिपेन्द्र थापाले संयुक्तरुपमा बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरे।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन आग्रह गरे।

कोभिड-१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा उक्त सहयाेगले भाईरसविरुद्ध लड्न थप प्रेरणा हुने विश्वास बैंकले लिएकोे छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस