कोरोनालाई मिथ्या ठान्ने युवकको त्यसैले ज्यान लियो

काठमाडौं – अमेरिकाको टेक्सस राज्यका एक चिकित्सकका अनुसार कोरोनाभाइरसलाई मिथ्या ठान्ने ३० वर्षजति उमेरका एक व्यक्तिको अर्का सङ्क्रमित व्यक्तिले आयोजना गरेको ‘कोभिड-१९’ पार्टीमा सहभागी भएपछि मृत्यु भएको छ ।

एउटा भिडिओमार्फत् मेथडिस्ट अस्पतालका प्रमुख स्वास्थ्य अधिकारी जेन एपलबाइले त्यस्तो विशेष कोभिड जमघटको कथा बताएकी थिइन् । ती व्यक्तिले बताएअनुसार त्यस जमघटमा ‘को’ पहिले सङ्क्रमित हुने र को त्यसबाट जोगिन सक्ने भन्ने प्रतिस्पर्धा चलेको थियो ।

ती बिरामीले ज्यान गुमाउनुभन्दा केही बेरअघि सघन उपचार कक्षकी नर्सलाई आफूले त्यस्तो पार्टीमा सहभागी भएर गल्ती गरेको बताएका थिए । कोरोनाभाइरस महामारीले विश्वभरि त्रास सिर्जना गरिरहेको भए पनि विभिन्न देशमा यसलाई मिथ्या ठान्ने र हलुका रूपमा लिने प्रवृत्ति विद्यमान छ ।

अमेरिकामा विश्वकै सबभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । त्यहाँ ३० लाखभन्दा धेरै मानिसलाई कोरोनाभाइरस सङ्क्रमण भइसकेको छ । साथै त्यहाँ उक्त सङ्क्रमणका कारण सवा लाखभन्दा धेरै मानिसले ज्यान गुमाइसके । तर अझैपनि त्यहाँ कतिपय मानिसहरूमाझ कोरोनाभाइरसको यथार्थलाई लिएर भ्रम व्याप्त रहेको बताइन्छ ।

अनुहार ढाक्ने मास्क लगाउने विषय पनि त्यहाँ राजनीतिको सिकार भइरहेको बताइन्छ । कतिपयले मास्क लगाउने विषयलाई व्यक्तिगत स्वतन्त्रतासँग जोडेका छन् । हालैका दिनमा राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलोपटक सार्वजनिक स्थलमा मास्क प्रयोग गरेका थिए । – बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस