१०४ वर्षकी वृद्धाले अस्पताल नगई जितिन् कोरोनालाई

बेलायत । बेलायतको केन्टमा बस्ने १०४ वर्षकी एक वृद्धाले कोरानाविरुद्धको युद्ध जितेकी छिन् । ग्रेस ग्रीनवुडको उपचार उनको घरमा नै भइरहेको थियो ।

उनी पछिल्लो तीन हप्तादेखि आफ्नो ओछ्यानबाट उठ्नसमेत सकिनन् । उनलाई सास फेर्न समस्या भइरहेको थियो । तर सय वर्ष नाघिसकेकी उनी अस्पताल जानै परेन । अब उनी पूर्णरुपमा स्वस्थ छिन् ।

ग्रेसको परिवारका अनुसार उनले आफ्नो जीवनमा अत्यधिक समस्याको सामना गर्नुपरेको छ र आफ्नो जीवनको धेरैजसो समय बिरामी भएरै बिताएकी छिन् तसर्थ उनीसँग चुनौतीसँग लड्ने हिम्मत छ ।

ग्रेसको जन्म बर्मा (म्यानमार) मा भएको थियो । उनले भारतमा नर्सको रुपमा केही समय काम गरिन् त्यसपछि लामो समुद्री बाटो हुँदै सन् १९४६ मा बेलायत पुगिन् ।

बेलायतमा मेकअप आर्टिस्टको रुपमा काम गर्ने उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘केही हप्ता अघि उनी बिरामी भएकी थिइन् । जब डाक्टरले हामीलाई उनको स्वास्थ्यबारे जानकारी दिए तब हामी अत्यधिक डराएका थियौं । हामी जहाँ बस्छौं त्यहाँ कोरोनाका कारण थुप्रैको मृत्यु भएको छ ।’

उनी भन्छिन्, ‘तर जब मेरी हजुरआमालाई आफूलाई कोरोना पोजेटिभ भएको थाहा भयो तब उनलाई यो कुराले खासै असर पारेन ।’ क्रिस्टलका अनुसार उनकी हजुरआमा आशाले भरिपूर्ण बलियो इच्छाशक्ति भएकी महिला हुन् र उनी आफ्नौ देनिकको व्यायाम तालिकालाई निरन्तरता दिन चाहन्छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतमा लोकसभा चुनाव : २१ राज्यका १०२ सिटमा धमाधम मतदान

काठमाडौं । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस …

प्रतिकृया दिनुहॊस