सुर्खेतका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि हिरासत कक्ष सिल

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुर्खेतको हिरासत सिल गरिएको छ।

बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा  असार २६ गते कोरोना पुष्टि भएपछि थुनुवा कक्ष सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कोरोना पुष्टि भएका   व्यक्तिलाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेसनमा राखिएको छ ।

ति कोरोना पुष्टि भएका  व्यक्तिका  सम्पर्कमा रहेका आफन्त तथा प्रहरीसहित २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागी पठाइएको प्रहरीले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस