अन्ततः हारे ट्रम्प, पहिलोपटक मास्क लगाएर देखिए कार्यक्रममा

काठमाडौं । कोरोना भाइरस महामारीयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर देखा परेका छन् । वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रिट सैनिक अस्पतालमा भेट्रानहरुलाई भेट्न जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् ।

अस्पतालमा घाइते सैनिक भेट्न आउँदा मास्क लगाउनु ठूलो काम भएको उनले बताए । आफू कहिल्यै मास्क विरोधी नभएको भन्दै ट्रम्पले स्थान विशेष र निश्चित समयमा मात्र यो आवश्यक पर्ने दावी गरे । ट्रम्पसँगै रहेका कर्मचारीहरु पनि यो पटक मास्क लगाएरै देखा परेका छन् ।

महामारीका कारण मानवीय हताहति बढ्दै गएपनि मास्कको विपक्षमा देखिएका ट्रम्पलाई उनका सहयोगीहरुले निरन्तर मास्क लगाउन आग्रह गरेका थिए ।अमेरिकामा साढे ३३ लाख मानिस त संक्रमित भइसकेका छन् त्यहाँ संक्रमितको दर झनै उकालो लाग्दै छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस