काठमाडौंका घरबेटीको रोदन : ‘६ महिनादेखि भाडा नदिँदा खानै समस्या भयो’

काठमाडौं । कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटी समेत आर्थिक समस्यामा परेको पाइएको छ ।

कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले ६ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् ।

उनको तीन तले घरमा विद्यार्थी, मजदुर र निजी क्षेत्रमा कार्यरत भाडामा छन् । ‘लकडाउनअघि भाडा दिन्छौं भन्थे त्यसपछि कोठामा बस्ने गाउँ गए, अहिले न भाडा दिन्छन् न त कोठा खाली नै गर्छन्’ काफ्लेले सुनाइन् ।

बागबजारमा महिनाको दुई लाख भाडामा कन्सल्टेन्सी चलाउन दिएका महेश थापाको पीडा पनि उस्तै छ । उनले पनि भाडा नपाएको पाँच महिना भयो । भाडामा लिने प्रकाश तिमल्सिनालाई सम्पर्क गर्दा मोबाइल अफ गरेर बसेको थापा बताउँछन् ।

कार्यालयको आवश्यक सामान ४–५ लाखको होला, भाडा भने १० लाख पुग्न लागेको घरबेटी थापाको बुझाइ छ । राजधानी दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस