भारतमा कोरोनाको कहर : ८ लाख संक्रमित, २२ हजारको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ५१९ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २२ हजार १२३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २७ हजार ११४ जना संक्रमित पुष्टि भएको छ । यो एकै दिन संक्रमित भएको अहिलेसम्मको धेरै संख्या हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ८ लाख २० हजार ९१६ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ५ लाख १५ हजार ३८६ जना ठिक भएका छन् भने २ लाख ८३ हजार ४०७ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् । त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २६ लाख ३० हजार ८७२ पुगेको छ भने मृतकको संख्या ५ लाख ६२ हजार ८८८ पुगेको छ । त्यस्तै विश्वभर ७३ लाख ६६ हजार ४८८ जना कोरोना संक्रमित ठिक भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल

काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा …

प्रतिकृया दिनुहॊस