आज शनिबार पनि बैंकका शाखा खुल्ने

काठमाडौँ । आज शनिबार पनि बैंकका शाखा खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्थाको शाखा खोली कारोबार गर्न निर्देशनअनुसार शाखाहरु खुला रहने द्धएका हुन् ।

बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि यही असार २७ गते र सो पछिका जुनसुकै सार्वजनिक बिदाका दिनमा समेत बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न निर्देशन दिइएको छ ।

राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

चालु आव सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस