विश्वभर ७३ लाख ३२ हजारभन्दा धेरैले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ७३ लाख ३२ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७३ लाख ३२ हजार ४ सय ४७ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख ६२ हजार ७०५ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड २६ लाख २३ हजार ६९८ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ३७ हजार ६७१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ३२ लाख ९१ हजार ७८६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७१ हजार ७८७ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ८४९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १८ लाख ४ हजार ३३८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २७० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७० हजार ५२४ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार १४४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा २७ हजार ७६१ जना नयाँ संक्रमित थपिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस