‘१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६’ नेप्सेमा सूचिकृत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेनिष्काशन गरेको रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६”लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

एक विशेष समारोहकाबीचउक्त समझदारीपत्रमा बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत  गणेश राजपोखरेल तथानेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत  चन्द्र सिंह साउदले हस्ताक्षर गरि  उक्त“१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६”सूचिकरण भएको छ ।

२ अर्ब ५० करोड बराबरको (रु १,०००।– अंकित मूल्यका २५,००,००० कित्ता ) ‘१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६’ २०७६/११/२० गतेदेखि २०७६/१२/०४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ ।

यसै बीचनेपाल राष्ट्र बैंककोनीतिलाईशिरोधार्य गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजत प्राप्त श्री सहयोगी विकास बैंक लिमिटेड (जनकपुर केन्द्रीयकार्यालय रहेको) लाईप्राप्ति गरी  असार २० गतेबाट एकीकृत कारोबार शुभारम्भ गरिसकेको छ ।

प्राप्ति पश्चात बैंकको कुल शाखा १०९ पुगेको छ भने बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस