गुण्डा नाइके विकास दुवे प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं । भारत उत्तर प्रदेश कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन् । शुक्रबार बिहान कानपुर ल्याउँदा गैंगस्टर र उत्तर प्रदेश एसटीएफबीचको भिडन्तमा उनी मारिएका हुन् ।

दुबेलाई लिएर प्रहरी कानपुर जाँदैथियो । शुक्रबार बिहान एसटीएफको गाडी दुर्घटनाग्रस्त भएको हो । भारतीय संचारमाध्यमहरका अनुसार जो कार पल्टिएको छ त्यो कारमा विकास दुबे रहेका थिए । घटनापछि पुलिसको पेस्तोल खोसेर दुबे भाग्न खोजेको भन्दै जवाफी कार्वाहीमा दुबे मारिएका हुन् ।

दुबेले नेतृत्व गरेको एउटा आपराधिक समूहलाई गत शुक्रवार पक्राउ गर्न जाँदा आक्रमणमा परेर उत्तर प्रदेश राज्यको कानपुरमा आठ जनाको मृत्यु भएको थियो । उक्त घटनापछिको झन्डै एक सातादेखि फरार रहेका दुबेलाई मध्यप्रदेश राज्यको एउटा मन्दिरमा बिहीबार पक्राउ गरिएको थियो ।

बुधवार प्रहरीले उनका एक प्रमुख सहयोगी अमर दुबेको गोली हानाहानमा परेर मृत्यु भएको बताएको थियो । बिहीवार दुबेका अन्य दुई सहयोगी पनि भिन्न कारबाहीहरूमा मारिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस