एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर

काठमाडौं ।  एनसेल प्राईभेट लिमिटेडले  ‘ननस्टप युट्युब’ अफर ल्याएको छ । ‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र १०० रुपैयाँ (कर सहित मात्र रु १२७.६९) मा एक साताभरि ४८०पी मा युट्युब भिडियो हेर्न सकिन्छ।

साथै यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन्।
फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ ।

साथै ग्राहकहरुले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक  लिन पनि सक्नेछन्।

ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म मात्र २० रुपैयाँ (कर सहित मात्र २५.५३) मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन्।

एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३ एस्ट्रिक्स१ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस