‘इनफ इज इनफ’ अभियन्तासँग १२ बुँदे सहमति, तोडियो अनसन

काठमाडौं । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका ‘इनअफ इज इनफ’ का अभियान्ता र सरकारबीच १२ बुँदे सहमति भएको छ ।

सहमतिसँगै १२ दिनदेखि जारी अनसन आज तोडिएको छ । उनीहरुले सरकारसँग भएको सहमति कार्यान्वयन नभए फेरि अनसन बस्ने बताएका छन् । कोरोना नियन्त्रणमा सरकारले हेलचेक्र्याइ गरेको भन्दै उनीहरु असार १२ गतेदेखि सरकारविरुद्ध अनिश्चितकालिन अनसनमा बसेका थिए ।

सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीले हस्ताक्षर भएको छ । दुवै पक्षबीच विदेशबाट आएकालाई क्वारेन्टिनमा राखेको पाँच दिनपछि मात्रै स्वास्थ्य परीक्षण गरी घर पठाउने र होम क्वारेन्टाइनको निर्देशिका यसै हप्ता तयार पार्ने सहमति भएको छ ।

क्वारेन्टिन र होल्डिङ सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, आरडीटी परीक्षण स्थगित गर्ने, पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउनेलगायतका सहमति भएको छ । यस्तै सहमतिमा पत्रमा कोरोनाविरुद्धको लडाइँमा भएको खर्चसम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख छ ।

पीसीआर बढाउनुपर्ने, क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने, अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा, लकडाउन खुकुलो बनाउने प्रावधान, सर्वोच्च अदालतका निर्यण कार्यान्वयनलगायतका माग राख्दै इनअफ इज इनफका दुई अभियन्ता अनसन बसेका थिए ।

उनीहरुको स्वास्थ्य बिग्रिँदै गएपछि केही दिन काठमाडौंको ह्याम्स अस्पालमा भर्ना गरिएको थियो । उनीहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै पुगेका थिए । त्यहाँ प्रधानमन्त्री ओलीले उनीहरुलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उपचार खर्चलाई सरकारले पारदर्शी बनाउने प्रतिवद्धता जनाउँदै अनशन तोड्न आग्रह गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस