सीपीएलमा सन्दीप लामिछाने एक करोड बढी मूल्यमा अनुबन्धित

काठमाडौं । नेपाल लेग स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै धेरै रकममा क्यारेबियन प्रिमियर लिग(सिपिएल) मा अनुबन्धित भएका छन् ।

आउदो सिजनकालागि सन्दीपलाई जमैका तलावाजले एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । क्रिक इन्फो अनुसार सन्दीपसँग जमैका तलावाजले एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

यो सिजनको सिपिएल आउदो अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने कार्यक्रम छ । कोरोना भाइरसको संकटका कारण यो सिजनको खेल सरकारको अनुमतिमा दर्शकविहीन बन्द रंगशालामा हुनेछ । सन्दीपले सिपिएल खेल्न लागेको यो तेस्रो सिजन हो । अघिल्ला सिजनमा सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्सबाट खेलिसकेका छन् ।

सन्दीपले सिपिएलको पहिलो सिजनमा ५ हजार अमेरिकी डलर र दोस्रो सिजनमा ७० हजार अमेरिकी डलरमा खेलेका थिए । यस सिजन सन्दीपको टिम जमैका तल्लावाहमा चर्चित क्रिकेटरहरु आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, ओशाने थोमस जस्ता खेलाडी रहेका छन् भने सन्दीपको टिमको कप्तान रोभमान पावेल रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस