एनएमबि बैंकले कञ्‍चनलाई प्राप्ति गर्दै, स्वाप रेसियो १००:८५

काठमाडौं । एनएमबि बैंकको साधारणसभाले कञ्‍चन डेभलपमेन्ट बैंक प्राप्ति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बैंकको विशेषसभाले कञ्‍चन डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात (स्वाप रेसियो) १००:८५ पनि स्वीकृति गरेको छ । एनएमबि बैंकमा गाभिएपछि कञ्‍चनको सेयरधनीले १०० कित्ताबराबर एनएमबि बैंक ८५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

सुदूरपश्‍चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्‍चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्‍चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुग्‍नेछ भने रिजर्भ ७ अर्ब ५ करोड पुग्‍नेछ । साथै, शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८ पुग्‍नेछ । बैंकको सुदूरपश्‍चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्‍नेछ ।

कञ्‍चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस