chatyang/नेपालमा चट्याङ : वर्षमा औसत एक सयको मृत्यु, तीन सय घाइते

धान रोपिरहेका बेला चट्याङ्ग लाग्दा ४ महिलाको मृत्यु, ५ जना घाइते

काठमाडौं । चट्याङ्ग लागेर बारामा चार महिलाको ज्यान गएको छ । जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको ज्यान गएको भने पाँच जना घाइते भएका छन् ।

बिहीबार बिहान परेको चट्याङले खेतमा धान रोपिरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।

यस्तै सोही समयमा परेको चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

चट्याङ लागेर फेंटा गाउँपालिका(१ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागी उनीहरूलाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफै चढेर आएको बसले हान्दा तीर्थयात्रीको मृत्यु

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस