कोरोना अपडेट : विश्वभर ५ लाख १८ हजारको मृत्यु, संक्रमितको संख्या १ करोड ८० लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस महामारीको असर कम हुनुको सट्टा झन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ९५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार गएको २४ घण्टामा विश्वभर एक लाख ९५ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अबधिमा संक्रमणको कारण विश्वभर चार हजार ८३५ जनाले ज्यान गुमाएका छन् ।

एकै दिन अमेरिकामा ५० हजारभन्दा धेरै, ब्राजिलमा झण्डै ४५ हजार, भारतमा १९ हजार ४२८, रुसमा साढे ६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार ५७ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने अमेरिकामा ६६७, भारतमा चार सय ३८, मेक्सिकोमा ६४८ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म विश्वभर संक्रमितको संख्या १ करोड ८० लाख २ हजार ८४९ पुगेको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट ५ लाख १८ हजार ९२१ जनाले ज्यान गुमाएका छन् । ५९ लाख ३८ हजार ९५४ जना कोरोनाबाट निको भएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस