बाढी-पहिरो र डुबानको जोखिम बढ्योः यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । एक हप्ताभन्दा बढी समयदेखि दशेभर जारी वर्षा अझै केही दिन नरोकिने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै कम्तीमा तीन दिन वर्षा जारी रहने सम्भावना छ ।

महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश ५, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा वर्षा भईरहेको छ । दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

असार १८ गते (विहिवार)
दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १९ गते (शुक्रबार)
दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 5, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २० गते (शनिबार)
दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) को समेत सम्भावना रहेको छ।

तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस